हेटौंडा । हेटौंडा–१६ हटियामा रहेको शिवम् सिमेन्ट उद्योगले कच्चापदार्थ चुनढुङ्गा उत्खनन गर्नका लागि मकवानपुरगढी गाउँपालिकामा रहेको खानीमा जथाभावि रुपमा उत्खनन् गर्दा स्थानीय समस्यामा परेका छन् ।

खानीका कारण स्थानीयले आफ्नो घर, जग्गा राम्रोसंग उपयोग गर्न पाएका छैनन् भने वर्षायाममा खेत, बारी र घर बगाउने उत्तिकै चिन्ता रहेको स्थानीय बासिन्दाहरुको गुनासो रहेको छ ।

शिवम्ले गाउँपालिकाको वडा नंबर २,३,६,७ र ८ क्षेत्रमा अव्यवस्थित रुपमा चुनढुङ्गा उत्खनन गर्दै ओभर बडेन यत्रतत्र फाल्दा सो क्षेत्रको जंगल समेत मासिएको छ । स्थानीयहरु समस्यामा परेका छन् । गाउँपालिकाको उक्त वडाहरुको हजारौ बोटबिरुवा र जडिबुटी मासिएको छ ।

शिवमले खानी उत्खनन गर्दा पुर्याउन पर्ने मापदण्ड पूरा नगरेका कारण समस्या भएको स्थानीयवासीहरुको भनाइ छ । अव्यवस्थित खानीका कारण स्थानियहरुले वर्षौंदेखि विभिन्न किसिमका सास्ती खेप्दै आईरहेका छन् । खानी क्षेत्रको स्थलगत अनुगमनपछी स्थानीय बासिन्दाहरु झनै त्रसित भएको पाईएको छ ।

समितिले खानीबाट निस्कने प्रयोगमा नआउने कच्चापदार्थ सुरक्षित स्थानमा बोटविरुवा जडिबुटीहरुलाई असर नपर्ने गरि गाउँपालिका सँग स्वीकृतिलिई व्यवस्थापन गर्नुपर्ने, खानी उत्खन्न गर्दा वैज्ञानिक मापदण्ड अपनाउनु पर्ने, खानीका कच्चा पदार्थहरु जथाभावि डपिंग गरिएकोले उचित व्यवस्थापन गनुपर्ने र वडा नंबर १ देखि ८ वटै वडाका तटिय क्षेत्र पुर्ण जोखिममा रहेकोले संरक्षणको जिम्मा सम्बन्धित शिवम् सिमेन्टले लिनु पर्ने माग राख्दै आएको छ ।

अनिरुद्रखबर संवाददाता
थप जानकारी