हेटौंडा । मकवानपुर जिल्लाको विकट राक्सिराङ गाउँपालिका वडा नम्बर ७ बेशी टोलका लोकबहादुर प्रजा (चेपाङ) जाडो लागेपछि चिन्तित हुन्छन्, उनी अहिले ६५ बर्षको भए, उनको चिन्ताको कारण प्रत्येक बर्षको जाडो कसरी छल्ले भन्ने हुन्छ । पहिला ओडारमा बस्ने गिठ्ठा भ्याकुर खाने गर्थे उनी । न उनी संग लाउने कपडा छ, न उनीसंग खाने प¥र्याप्त खाना नै छ, बोराको कपडा बनाएर ओड्ने, ओछ्याउने बाहेकका कुनै बिकल्प छैन उनीसंग । ओढारमा लामो समय जिवन बिताएका उनी अहिले खरको झुपडिमा बसेपनि ओढ्ने ओछ्याउने नहुँदा दाउरा, काठका मुढा जम्मा गर्छन, अनि आफु सुत्ने छेउमै बालेर त्यही आगोको तातोले निधाउने प्रयास गर्छन, आगो बालेर तातो भएपछि निधाउँदा कयौं पटक आगोले उनको खुट्टा समेत जलेको छ ।चिसो बढेपछि ५५ बर्षिय राम सिंङप्रजाको चिन्ता पनि उस्तै छ । गिठ्ठा भ्याकुर खाने, ओढार तथा खरको झुपडिमा बस्ने उनलाई पनि यो चिसो कटाउन हम्मे हम्मे परेको छ । उनी पनि बोराको साहारामा जिउने गरेको स्थानीय सुब्बालाल मोक्तानले जानकारी दिए । यता बिष्णुमाया प्रजाको पनि चिन्ता उस्तै छ । जाडो बढेपछि चेपाङ समुदायलाई चिन्ताले सताउँछ । ओढार र खरको छानोको बास, खाद्यान्नको अपुग र न्यानो कपडाको अभावले सताउँछ । ६२ बर्षिय बिष्णु एकल महिला पनि हुन । यि पात्रहरु चेपाङ समुदायको प्रतिनिधि पात्र मात्रै हुन् । यि र यस्तै कयौं पात्रहरु जाडो कसरी कटाउने चिन्तामा छन् ।

यसैबिच
मकवानपुरको बिकट राक्सिराङ गाउँपालिका वडा नम्बर ७ का स्थानीयवासीहरुको अनुहारमा छुट्टै खुसी छाह्यो । खुसीको कारण थियो यसपालीको जाडोमा न्यानो कपडा अर्थात ओढ्नका लागि ब्ल्याङकेट पाएपछि । अल्पसंख्यक चेपाङ समुदायको बाहुल्यता रहेको यस गाउँपालिकाका अति बिपन्न घरधुरी चेपाङ समुदायलाई डिभाइन युथ क्लव नेपाल हेटौंडाले ५४ थान ब्ल्याङकेट (न्यानो कपडा) बितरण गरेको छ । कार्यक्रम राक्सिराङ गाउँपालिका वडा नम्बर ९ मा आयोजना गरिएको थियो । ब्ल्याङकेट लिनका लागि वडा नम्बर ७ बाट करिव साढे २ घण्टा पैदल हिडेर चेपाङहरु कार्यक्रम स्थल पुगेका थिए । ब्ल्याङकेट बितरण कार्यक्रममा राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, प्रमुख प्रशासकिय अधिकृत देवचन्द्र गतौंला, डिभाइन युथ क्लव नेपाल हेटौंडाका अध्यक्ष सरोज न्यौपाने, कार्यक्रम संयोजक सागर पन्थी लगायतकाको उपस्थिती रहेको थियो ।

गाउँपालिकाले चेपाङ समुदायका लागि बिजुली कार्यक्रम, चेपाङ, चिउरी, चमेरो प्रबद्र्धन कार्यक्रम, चेपाङ संस्कृति कार्यक्रम, खरको छानो विस्थापन लगायतका कार्यक्रम संचालन गरेको गाउँपालिकाका सूचना अधिकृत अन्जन हटुवालले बताए । चेपाङ समुदायका बालबालिकाहरुलाई शिक्षामा पहुँच पु¥याउनका लागि छात्रबृत्ति र दिवा खाजाको समेत पालिकाले व्यवस्था मिलाएको उनको भनाई छ । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकामा नेपालकै सबैभन्दा बढी चेपाङ समुदायको बसोबास रहेको छ । हावापानीको हिसावले यस गाउपालिकामा अधिकतम तापक्रम ३५ डिग्री सेल्सियस देखि जाडोमा न्यूनतम ५ डिग्रीसम्म पुग्ने गरेको छ । घरधुरी सर्वेक्षण (२०७५) अनुसार यस गाउँपालिकामा ३० हजार ८३० जनसंख्या रहेको छ जसमध्ये ३७ प्रतिशत अथार्त ११ हजार ४०७ चेपाङ रहेका छन् । ९ वडा संख्या रहेको यस गाउपालिकाको ४,६,७,८ र ९ नम्बर वडामा चेपाङ समुदायको बाहुल्यता रहेको छ

अनिरुद्रखबर संवाददाता
थप जानकारी