हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा स्थित राप्ती खोला अनधिकृत रुपमा उत्खनन् गरी अवैध रुपमा नदिजन्य पदार्थ ओसारपसार गर्ने ६ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ।

बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटि गएको प्रहरी टोलीले राप्ती खोलाबाट अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन गर्ने ना ६ त ३७८३, ना ४ त ५७०७, ना६ त २९१७,ना ६ त १०५१,ना ७ त ५९७२ नम्बरको  र एउटा  Ontest  ट्याक्टरले नियन्त्रणमा लिएको छ।

उक्त ट्याकटरमा अवैध रुपमा नदीजन्य पदार्थ ग्राबेल उत्खनन् गरि लोड गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता  इन्स्पेक्टर राजकुमार सापकोटाले बताएका छन। नियन्त्रणमा लिएको ट्याक्टरलाई आवश्‍यक कारवाहिको लागी जिल्ला समन्वय समितिको कार्यालय पठाइएको जनाइएको छ।