हेटौंडा । बागमती नदी प्रदुषित गर्नेबाट क्षतिपुर्ती दिलाउन राज्य संग माग गरिएको छ । स्थानीय स्तरदेखि सदन सम्म अहिले बागमती प्रदुषण गर्नेबाट पीडितलाई क्षतिपुर्ति दिलाउन राज्य संग माग गरिएको हो ।

दुई दशकदेखि बागमती तटिय मकवानपुर, ललितपुर, काभ्रे र सिन्धुली क्षेत्रमा बागमती नदिले पारेको नकारात्मक प्रभावले प्रदुषित भएको बागमतीवासीलाई क्षतिपूर्ति र प्रदुषकलाई हर्जना तिराउन अभियान निरन्तर चलिरहेको बागमती पीडितलाई क्षतिपूर्ति अभियानका अभियन्ता सरोज न्यौपानेले बताए । उनले बागमती नदीको प्रदुषित पानीका कारण धेरै जनता पीडित हुनुपरेकाले आफुले आवाज उठाएको उनले बताए । जनता जागे पछि अहिले जनप्रतिनिधिहरुले समेत यसलाई चुनावी एजेन्डा बनाएर यो बिषयको उठान गर्न थालेको उनले बताए । उनले काठमाडौं कति निर्दयी छ भन्नेकुरा काठमान्डौको असली अनुहार बागमती किनारामा देखिने तर्क गरे ।

माल्टा,इपा,प्युटार,घैटार,मन्थली,आस्राङ,गिम्दी,शिखरपुर,च्याउच्याउ,हात्तिसुडे, फापरबारी, हुदै राइगाउँ, भोर्लेनी, पिपल्माडि सम्म राज्यबाट प्राप्त क्षतिपूर्तिबाट बगमतीको पानीबाट सिचाइ गरि उत्पादित अर्गानिक तरकारी, फलफुल उत्पादन गर्न सकिन्छ । सडक र सिचाइ पश्चात क्षतिपूर्तिबाट प्राप्त केही रकम सिमात–बाग्मती ट्रेकिङ रुट बनाउन सकिन्छ ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) सांसद कृष्ण प्रसाद दाहालले बागमती खोला प्रदुषण गर्नेले क्षतिपुर्ती दिनुपर्ने बताएका छन ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले बागमती खोला प्रदुषण गर्नेबाट राज्यले जनतालाई क्षतिपुर्ती उपलब्ध गराउन माग गरे ।

बागमतीको स्वच्छता नभएको कारण असर परेको उनले बताए । काठमाडौंबाट बागमती नदि बगेर मकवानपुर र ललितपुर हुँदै काभ्रे सम्म पुग्दा फोहर लेदो पानी बग्ने गरेको उनले बताए । २० बर्ष अघि बागमती स्वच्छ हुँदा बागमतीमा प्राप्त हुने माछा पनि अहिले लोप भएको उनले स्मरण गरे । माछा मारेर बागमती खोलाबाट सयौं परिवारको जिविका चलेको थियो उनले थपे प्रदुषित भएपछि बागमती खोलाको पानी खादा पशुपनि मरेको छ ।

काठमाडौंवासीले बागमती प्रदुषित गरेका कारण मकवानपुर र ललितपुरका जनता र पशुको स्वास्थ्यमा असर परेको प्रति चिन्ता व्यक्त गर्दै सांसद दहालले पीडितलाई क्षतिपुति दिनुपर्ने माग गरे । बागमती प्रदुषित हुँदा मान्छे र पशुको स्वास्थ्यमा प्रतिकुल असर परेको र यो बजेटबाट स्वास्थ्यमा पर्न गएको प्रतिकुल असरप्रति क्षतिपुर्ति दिनुपर्ने उनको माग छ ।

के छ ऐनमा व्यवस्था ?
खोला तथा नदी प्रदुषित पार्नेलाई पाँच हजार जरिवानादेखि बिगो बराबरको सजायको व्यवस्था जलस्रोत ऐनमा छ । यसको कार्यान्वयन हुने हो भने काठमाडौं उपत्यकाका अधिकांश घरधनी र उद्योगी व्यवसायी कारबाहीमा पर्छन् र प्रदूषण प्रभावित तल्लो तटीय क्षेत्रका जनतालाई हर्जाना तिर्नुपर्ने हुन्छ । नखाएको विष लागेसरह भएका तल्लो तटीय क्षेत्रका बासिन्दालाई क्षतिपूर्ति दिनेतर्फ कसैको चासो दिएको छैन ।

बागमती नदी मात्रै हैन, यो सभ्यतासँग पनि जोडिएको छ । बागमतीको प्रदूषण कम गर्दै सुधारका लागि वर्षेनी उपत्यका भित्र अरबौ खर्च भैरहेको छ ।

मानव शरिरको रक्त सञ्चार प्राणाली झै नदिहरु धर्तिको जीवन प्रणाली हुन् । काठमाडांैले मकवानपुर, ललितपुर, काभ्रे र सिन्धुलीको त्यै प्रणाली रोगी बनाइदियको छ, पुनर्जीवन अनिवार्य छ साथमा क्षतिपूर्ति, आउनुहोस् केन्द्र सरकारले दिनपर्ने न्युनतम क्षतिपूर्ति बारे चर्चा गरौ
१) बागमती किनारामा सर्लाही जिल्ला सम्म दुबै तर्फ दुई लेनको पक्की सडक
२) बागमतीमा मकवानपुर–सिन्धुली, मकवानपुर–काभ्रे, मकवानपुर–ललितपुर जोड्ने पक्की पुलहरु
३) राजधानी काठमाडौंले दिएको पीडा बिर्साउन बागमती किनारामा राजधानीका विभिन्न स्थानको नाममा पार्कहरु
४) हरिहरपुर गढी, राइगाउँमा एयरपोर्ट निर्माण