हेटौंडा । अखिल नेपाल ट्रेड युनियन महासंघ मकवानपुरको जिल्ला भेला भएको छ ।

शनिवार हेटौंडामा भएको भेलाले रामशरण घिमिरे ‘भान्जा’ को अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षहरु रबिन्द्र केसी र मन कुमार लामा, सचिवमा ज्ञानेन्द्र लामिछाने, सहसचिव बेली दोङ र कोषाध्यक्षमा शुक्रपति दाहाल चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा शंकर बिढारी, पूर्ण घलान, इश्वर छत्कुली, ठाकुर दत्त खतिवडा, जयराम धिताल, नकुल अगस्ती, गोमा न्यौपाने, पञ्च बहादुर पाख्रीन, दिपक थोकरलगायत रहेका छन् ।

जिल्ला अध्यक्ष गंगा प्रसाद भट्टराईको सभाध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष जगत सिम्खडा, उपाध्यक्ष धन बहादुर बिक, प्रदेश इन्चार्ज प्रकाश श्रेष्ठ, प्रदेश अध्यक्ष शिव पोखरेल, माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष प्रेम बहादुर पुलामी, मकवानपुर संयोजक सर्केश घलान लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम बिष्णु रानाले सञ्चालन गरेका थिए ।