हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नं. १२ र भिमफेदी गाउँपालिका वडा नं. ८ को सिमानामा रहेको लटरम्मेश्वर महादेवको मन्दिर जाने बाटोमा एकजनाको शव फेला परेको छ ।
फेला परेको शव हेटौंडा ८ कमानेका २५ वर्षीय कृष्ण मोक्तानको रहेको प्रहरीले जनाएको छ । कार्तिक ३० गते उक्त मन्दिर घुम्न गएका उनी फेसबुक लाइभ गर्ने क्रममा वेपत्ता भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
घटनास्थलमा प्रहरी पुगिसकेको र हेटौंडाबाट शव वाहन पठाइएको र शवलाई हेटौंडा ल्याउने तयारी भइरहेको प्रहरीले बताएको छ । घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्