हेटौंडा । मकवानपुरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना विहान ११ बजेपछि सुरु हुने भएको छ ।

विहान ८ः३० बजे बसेको सर्वदलिय वैठकले यस्तो निर्णय गरेको हो । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना एकैपटक गरिनेछ ।