हेटौंडा । मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ (ख) प्रदेश सभा सदस्यमा एमालेका एकालाल श्रेष्ठले अग्रता लिएका छन् ।
२३ हजार २८७ मत गणना गर्दा श्रेष्ठले ७ हजार ३१५ मत पाएका छन् । उनले राप्रपाका गुञ्जबहादुर न्यौपानेले भन्दा ४४० मतले अग्रता कायम गरेका हुन् । राप्रपाका न्यौपानेले ६ हजार ८५७ मत पाएका छन् ।
त्यस्तै नेपाली काँग्रेसका उम्मेदवार आनन्दराम पराजुलीले ६ हजार ३९१ मत पाएका छन् । यस क्षेत्रमा ७८४ मत बदर भएको छ ।












प्रतिक्रिया दिनुहोस्