हेटौंडा । मकवानपुर निर्वाचन क्षेत्र नं. २, प्रदेश सभा सदस्य मा माओवादी केन्द्रकी उम्मेदवार कुमारी मोक्तानले अग्रता लिएकी छिन् । उनले ४७४ मतले अग्रता लिएकी हुन् ।
३५ हजार ५४० मत गणना गर्दा मोक्तानले १५ हजार ९७४ मत पाएकी छिन् । एमालेका बिष्णु प्रसाद ढकालले १५ हजार ५ सय मत पाएका छन् । त्यस्तै राप्रपाका रामबहादुर घलेले २ हजार १३४ मत प्राप्त गरेका छन् । यहाँ हाल सम्म ११ सय ६२ मत बदर भएको छ ।












प्रतिक्रिया दिनुहोस्