हेटौंडा । मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ (ख) प्रदेश सभा सदस्यमा नेपाली काँग्रेसका इन्द्र बहादुर बानियाँले अग्रता कायम गरेका छन् ।
३७ हजार २२४ मत गणना गर्दा बानियाँले १७ हजार ३०१ मत पाएका छन् । उनले एमालेका लाल बहादुर थापा भन्दा १६ सय ६ मतले अग्रता कायम गरेका हुन् । एमालेका थापाले १५ हजार ६९५ मत पाएका छन् ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बद्री बहादुर खड्काले १८ सय ९३ मत पाएका छन् । यस क्षेत्रमा १३ सय १९ मत बदर भएको छ ।












प्रतिक्रिया दिनुहोस्