काठमाडौं । अबैध काठ सहित काठमाडौं प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । काठमाण्डौ तार्केश्वर नगरपालिका–१ स्थित जगत बसपार्कबाट १६ सय ६७ दशमलव २५ क्युफिट काठ सहित ८ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका–८ घर भएका २७ वर्षीय बिनोद पाख्रिन, नुवाकोट पञ्चकन्या–४ का ३१ वर्षीय सुकमान तामाङ, शिबपुरी गाउँपालिका–३ घर भएका २८ वर्षीय सूर्य तामाङ, ३० वर्षीय सूर्य लामा, २५ वर्षीय छिरिङ लामा, २० वर्षीय वीरेन्द्र तामाङ, टोखा बस्ने ४० वर्षीय सन्तु तामाङ र उत्तरगया घर भएका ३१ वर्षीय सुक्र बहादुर लो रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
नुवाकोटबाट काठमाण्डौतर्फ आउँदै गरेको बा. प्र. ०१००६ ख. ४९४१, बा. ५ ख। ३६५६, बा. ५ ख.१४३९ र बा. ५ ख. ३३५६ नम्बरको मिनी ट्रकमा ल्याउँदै गरेको अवस्थामा चिलाउने र उत्तिस जातका काठ उक्त परिमाणमा बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उत्तिसको काठ गोलिया–५१४ र चिलाउने काठ गोलिया–६२ रहेको छ ।उक्त घटनाको सम्बन्धमा प्रकरण (ख) मा बरामद दशीसहित प्रकरण (क) मा पक्राउ परेका ८ जनालाई थप अनुसन्धान तथा कारवाहीका लागि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको कार्यालय बूढानीलकण्ठ पानी मुहान पठाइएको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्