हेटौंडा । मकवानपुर बहुमुखी क्याम्पसका प्राध्यापक र विद्यार्थीका लागि दुई दिने अनुसन्धानात्मक लेख लेखनसम्बन्धी कार्यशाला भएको छ ।

मंगलबार र बुधबार दुई दिनका लागि आयोजना गरिएको कार्यशालामा ५० भन्दा बढी प्राध्यापक तथा ५ जना विद्यार्थी सहभागी थिए । कार्यशालामा शिक्षाशास्त्र संकायअन्तर्गत स्नातक तह तथा व्यवस्थापन संकायतर्फ स्नात्तकोत्तर तहका विद्यार्थी सहभागी थिए ।

कार्यशालामा मकवानपुर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुखद्वय डा. रामप्रसाद अधिकारी र डा. यमबहादुर सिलवाल, सहप्राध्यापक डा. लोकराज शर्माले सहजीकरण गरेका थिए ।

मकवानपुर बहुमुखी क्याम्पसले अनुसन्धानात्मक शैक्षिक लेख प्रकाशनकै लागि अन्तर्राष्ट्रियस्तरको अनलाइन जर्नल प्रकाशन गर्दै आएको छ ।

Visited 46 times, 1 visit(s) today