हेटौंडा । लोक सेवा तयारी कक्षा हेटौंडामा सुरु भएको छ । विकासका लागि अभियान नेपालको आयोजना एवं हेटौंडा उपमहानगरपालिकाको सहयोगमा तीन महिने लोकसेवा तयारी कक्षा सुरु भएको हो ।
लोकसेवा तयारी कक्षामा एकसय जना बिद्यार्थीहरुको सहभागिता रहेको छ । दुई समूहमा बिभाजन गरेर कक्षा संचालन गरिने छ । तालिममा प्रशिक्षकद्वय प्रशिक्षक राज गौतम र अमृत घिमिरेले सहजीकरण गर्ने आयोजकले जानकारी दिएको छ ।
हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता तथा विकासका लागि अभियान नेपालका अध्यक्ष सन्तोष पौडेलको सभाध्यक्षतामा उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिना, कार्यक्रम संयोजक नवराज पौडेल लगायतको सहभागिता रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्