हेटौंडा । पालुङ जेसीजको २३ औं पदस्थापना एवम् पुरस्कार बितरण कार्यक्रम भएको छ ।
शुक्रबार थाहा नगरको जेसीज हलमा थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्टको प्रमुख आतिथ्यतामा पदस्थापना एवम् पुरस्कार बितरण कार्यक्रम भएको हो ।
कार्यक्रममा बर्ष २०२२ का अध्यक्ष जयराम खत्रीले बर्ष २०२३का अध्यक्ष संगम कार्कीलाई पदभार हस्तान्तरण गरेका हुन् ।
कार्यक्रम कै अवसरमा बर्ष २०२२मा संस्थाका पदाधिकारी र सहयोग गर्ने संघसंस्थालाई सम्मान एवम् पुरस्कार बितरण गरिएको थियो ।
यसैगरी पदस्थापन कै क्रममा बर्ष २०२३ का लागि निर्वाचित अध्यक्ष, कार्यकारिणी उपाध्यक्ष र उपाध्यक्षहरुलाई निर्वाचन आयुक्त नवराज लामाले पद तथा गोपनियताको सपथग्रहण गराए ।
बर्ष २०२३ का अध्यक्ष संगम कार्कीले बर्ष २०२३लाई सफल बनाउने प्रतिबद्धता सहित कानुनी सल्लाहकारमा निरज रायमाझी, महासचिवमा संजय गोपाली, कोषाध्यक्षमा माधब कार्की, जनसम्पर्क अधिकारीमा बिक्रम गोपाली, शाखा सम्पादकमा सुबिन्द्रमान प्रधानलाई मनोनित गरे ।
पदस्थापन कार्यक्रममा पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल, थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, निबर्तमान उपप्रमुख खड्गबहादुर गोपाली, समाजसेवी बिमल कुमार ढकाल, पालुङ जेसीजका पूर्व अध्यक्षहरु लगायतको आथित्यता रहेको थियो ।


राज कुमार के.सी. 









प्रतिक्रिया दिनुहोस्