हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. २ मा रहेको वनस्खण्डी देवि मन्दिरमा चोरी भएको छ । शुक्रवार विहान २ बजेर १८ मिनेटमा वनस्खण्डी मन्दिर परिसरमा रहेको विन्दवासिनी मन्दिरको दान पेटिका चोरी भएको हो ।
मन्दिरको उत्तर पश्चिममा पर्ने खोल्चामा लगि दान पेटिका फुटाएर करिव २० हजार रुपियाँ चोरी भएको वनस्खण्डी मन्दिर पर्यटन विकास समितिका कोषाध्यक्ष राजुराम राउतले जानकारी दिए । मन्दिरमा रहेको सिसिटिभी मार्फत चोरीको घट्ना प्रष्ट देखिएको र प्रहरीले चोरी गर्नेको अनुसन्धान र खोजि गरिरहेको उनले जानकारी दिए ।
दान पेटिकामा रहेको तीन थान सुनका तिलहरी भने सुरक्षित रहेको उनले बताए । शुक्रवार बिहान मन्दिरका पुजारी मन्दिरमा सरसफाई गर्न जाँदा दान पेटिका फुटाएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । चोरीको घट्नाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको वनस्खण्डी मन्दिर पर्यटन विकास समिति अध्यक्ष राममान श्रेष्ठले जानकारी दिए ।












प्रतिक्रिया दिनुहोस्