मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि हुनेहरूका लागि २०७९ साल मध्यम रहनेछ । पद प्रतिष्ठा र आर्थिक पक्ष राम्रो हुनेछ, तर शनि, बृहस्पति, राहु तथा केतुले गर्दा दुख, कष्ट भोग्नुपर्ने, मानसिक चिन्ता, इज्जत र प्रतिष्ठामा ह्रास आउनसक्छ । शत्रु बढ्ने र अनावश्यक झमेलामा पर्न सकिनेछ, तर राम्रो कर्म गरे अनावश्यक शुभ फल पाइनेछ । माघ महिनबाट शुभ फल मिल्ने र आकस्मिक लाभ, सन्तान सुख, घरमा शुभकार्य हुने र धार्मिक यात्रा समेत हुनेछ ।

व्यापार/व्यवसाय
मेष राशिको लागि यो वर्ष आर्थिक धन फस्न सक्छ भने सेयरबजार, शिक्षाक्षेत्र तथा बिमा क्षेत्रमा गरिएको लगानी मौलाउनेछ भने धातु र स्वास्थ्यमा गरेको लगानीबाट त्यति राम्रै प्रतिफल पाइनेछैन । आर्थिक दृष्टिले असार, असोज र माघ महिना शुभ रहनेछ ।

प्रेम/सम्बन्ध
प्रेम सम्बन्ध र दाम्पत्य जीवनमा मतभेद र विश्वासमा कमी देखिनसक्छ । पैसाको कारणले आफन्त र नजिकका व्यक्तिबाट टाढिनु पर्ला । वर्षको अन्त्यमा भने प्रेम सम्बन्ध सुमधुर हुनेछ र घरपरिवारबाट टाढिएकाहरू नजिकिनेछन् । सन्तानको रहर गर्नेहरूले सन्तान सुख मिल्ने सम्भावना पनि रहेको छ ।

शिक्षा
अध्ययन अध्यापनमा सामान्य नै रहनेछ, तर शनि बृहस्पति, राहु तथा केतुले गर्दा कतै नाम निकाल्न गारो पर्नेछ । व्याक लागेका विद्यार्थीहरूले सम्बन्धित विषयमा उत्तीर्ण गर्न पनि समस्या आउला । शोध र टेक्निकल क्षेत्रका विद्यार्थीहरूलाई विशेष सफलता मिल्नेछ । पढाईको सिलसिलामा विदेश जानेले भने राम्रो सफलता पाउनेछन् ।

पेशा/रोजगार
यसपालि नयाँ लगानी, जागिर वा रोजगारले खासै राम्रो फल नमिल्ला । वैदेशिक रोजगारमा रहेकाहरूलाई भने यो वर्ष सफलता मिल्नेछ । जागिरेलाई सरुवा र बडुवाको सम्भावना पनि प्रबल छ, शनि राहु र केतुको कारणले विद्या र बुद्धिमा केही कमजोरी आउन सक्छ ।

स्वास्थ्य
यो वर्ष चोटपटकको भय रहेको छ, हात गोडामा चोट लाग्न सक्छ । मानसिक, टाउको तथा ग्यास्टिक रोगले सताउन सक्छ, र औषध उपचारमा खर्च बढ्नेछ । खानपानमा र यात्रा गर्दा बढी सतर्कता अपनाउन आवश्यक छ ।

शुभ रङ्ग
रातो, गुलाबी, पहेँलो, पर्पल र हरियो शुभ रङ्ग हो ।

शुभ अङ्क
१, ३, ५, ७ र ९ शुभ अङ्क हो ।

दर्शन/पूजा
प्रत्येक बिहीबार या एकादशीको दिन विष्णु भगवानको, पूजा, जप, पाठ र उपासना गर्नाले ग्रहपीडा कम हुनेछ र भाग्यमा वृद्धि हुनेछ । प्रत्येक दिन मातापिता तथा पितृ देवताको आशीर्वाद लिनाले अधिक सफलता मिल्नेछ । वर, पिपल या अन्य वनस्पतिहरूको वृक्षारोपण गर्नाले पनि ग्रहबाधा कम हुने र भाग्यमा वृद्धि हुनेछ ।

साभारः हाम्रो पात्रो