वृष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

वृष राशिलाई यो वर्ष मिश्रित फल नै मिल्नेछ । देवगुरु बृहस्पतिको प्रभावले शुभ फल मिल्नेछ । सुख सुविधामा बढोत्तरी हुने, शिक्षाक्षेत्र र न्यायिक कार्यमा विशेष सफलता मिल्नेछ भने राहु र शनिको प्रभावले भने हानी नोक्सानी, चोटपटकको भय, सम्पत्तिमा विवाद, शत्रु बढ्ने जस्ता नराम्रा फलको सामना गर्नु पर्ला । जन्म कुण्डलीमा शनिग्रह बलवान हुने हरूले भने शनि ग्रहको नराम्रा फलको सामना गर्नु पर्दैन ।

व्यापार/व्यवसाय
यसवर्ष व्यापार व्यवसायमा विशेष गरि कृषि, पशु, शिक्षाक्षेत्र, सूचनाप्रविधि लगायतका विषयमा लाभ मिल्नेछ, तर आफन्त सँगको आर्थिक लेनदेनको कारणले दूरी बढ्न सक्छ । शेयर बजारको लगानी पनि निकै राम्रो रहन सक्छ । घरजग्गा र निर्माणको क्षेत्रमा गरिएको लगानीबाट राम्रो प्रतिफल पाइनेछ । आर्थिक दृष्टिले साउन, कार्तिक, कार्तिक र फाल्गुन महिना बढी राम्रो रहनेछ ।

प्रेम/सम्बन्ध
प्रेमी वा प्रेमीकाको सम्बन्ध कायम राख्न सहनशीलता हुन आवश्यक रहन्छ, नत्र चाँडो निर्णय लिने र फुर्सदमा पछुताउनु पर्ला । विपरीत वर्ग प्रति आकर्षण पनि बढ्नेछ । आफ्नो कामको सिलसिलामा घर परिवारबाट टाढा हुनु पर्ने बाध्यता आउनसक्छ ।

शिक्षा
यो वर्ष विद्यार्थीहरूले परीक्षामा राम्रै अङ्कले सफलता हासिल गर्न सक्छन् । अनुसन्धान र अध्यात्म क्षेत्रका विद्यार्थीले उच्च सफलता पाउनेछन् । गणित र व्यवस्थापन विषय भने कमजोर रहन सक्छ ।

पेशा/रोजगार
यो वर्षको ग्रह गोचर हेर्दा धेरै मिहिनेत र सङ्घर्ष गर्नु परे पनि नयाँ रोजगार पाइने र वैदेशिक क्षेत्रबाट पूर्ण सफलता मिल्नेछ । सरकारी जागिर खान खोज्ने हरूको लागि भने बढी मेहनेत गर्नु पर्नेछ । सामाजिक र राजनैतिक क्षेत्रमा आवद्ध जातकहरूलाई अधिक सफलता मिल्नेछ । ठेक्का पट्टा र दलाली काम गर्ने व्यक्तिहरूलाई पनि राम्रो सफलता मिल्नेछ ।

स्वास्थ्य
स्वास्थ्यमा समस्या बढ्न सक्नेछ । आफ्नै सानो हेलचेक्र्याइँका कारणले ठुलो नोक्सानी बेहोर्नु पर्ला । प्रजनन र हड्डीमा समस्या देखिन सक्छ, तर नियमित खानपिन, व्यायाम र योग गर्नाले रोगहरू विस्तारै सुधार उन्मुख हुनेछन् ।

शुभ रङ्ग
सेतो, कालो, खैरो र घ्यू रङ्ग शुभ रङ्ग हो ।

शुभ अङ्क
२, ४, ६, र ८ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
ग्रह पीडाबाट बच्न र शुभ फल प्राप्त गर्न मंगलबार गणेशजीको दर्शन / पूजा गरे चाँडै सफलता पाइनेछ । रोगी र असहायलाई सहायता गर्नाले ग्रह पीडा कम भई भाग्यमा वृद्धि हुनेछ । कुनै शुभ कर्म गर्नु पूर्व या यात्रामा जानु अघि विघ्नहर्ता गणेश भगवानको स्मरण गर्नाले राम्रो हुनेछ ।

साभारः हाम्रो पात्रो