सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि हुनेहरूका लागि २०७९ साल सुखदायी नै रहनेछ, वर्ष भरीनै शनिको कारणले भौतिक सुख मिल्ने र वैदेशिक कार्य राम्रो हुनेछ, तर स्वदेशको कमाईले व्यवहार धान्न गारो पर्ला । कसै कसैलाई सन्तान सुख मिल्ने र भाग्यमा वृद्धि हुनेछ । बृहस्पति र राहुको कारणले गरेको कार्यमा ढिलासुस्ती हुने, चोटपटकको भय रहने, विद्या र बुद्धि पनि ह्रास आउनेछ ।

व्यापार/व्यवसाय
यो वर्ष आर्थिक पक्ष सबल नै रहने देखिन्छ । पर्यटन, निर्माण र घरजग्गाको कारोबार फस्टाउनेछ । पुरानो ऋण तिर्न सकिनेछ, तर आय भन्दा व्यय बढ्नेछ । सेयर बजारको कारोबार भने सुझबुझमा भर पर्छ । प्राविधिक क्षेत्रमा गरेको लगानीबाट पनि राम्रो प्रतिफल पाइनेछ, तर खाद्यान्न र तरल पदार्थको व्यवसायबाट नोक्सानी हुन सक्छ । जेठ, असार र असोज महिना शुभ छ ।

प्रेम/सम्बन्ध
सबैसँगको सम्बन्ध सामान्य नै रहनेछ । पतिपत्नी या प्रेमी प्रेमिकाका बिच समझदारी बढ्ने र सम्बन्ध अझै प्रगाढ हुनेछ । शत्रुबाट छुटकारा पनि मिल्नेछ । वर्षको उत्तरार्धमा नयाँ प्रेम प्रसङ्गमा नपरेकै राम्रो हुनेछ, अत: विवाद बढ्न सक्छ र आफ्नो कार्य क्षेत्रका सहकर्मीसँग भने मनमुटाव पनि बढ्नसक्छ ।

शिक्षा
यो वर्ष पठनपाठनमा जाँगर घट्नेछ । विशेषगरि कला, साहित्य र मनोरञ्जन विषयका विद्यार्थीहरूले उत्कृष्ट नतिजा पाउनेछन् । रोकिएका अधुरा विषयमा पनि उत्तीर्ण हुन सकिनेछ । वैदेशिक विद्यार्थीहरूले भने अलि बढी मिहिनेत र संघर्ष गर्नु पर्ला । शैक्षिक क्षेत्रबाट साउन, असोज र चैत्र महिनामा अधिक सफलता मिल्नेछ ।

पेशा/रोजगार
यो वर्ष वैदेशिक व्यापार या रोजगारीकोआम्दानी घट्नेछ । नयाँ ठाउँमा लगानीको अवसर मिल्नेछ भने नयाँ कार्य, पद र प्रतिष्ठा समेत पाइनेछ । प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ । हार्डवेयर र स्वास्थ्य पेशामा आवद्ध व्यक्तिहरूको लागि निक्कै राम्रो हुनेछ ।

स्वास्थ्य
यो वर्ष रक्तचाप, हृदय र नशाको समस्या बढ्न सक्छ, अत: स्वास्थ्यप्रति सजग रहनु होला । छाला तथा प्रजनन समस्या हल हुनेछ ।

शुभ रङ्ग
रातो, निलो, खौरो र गुलाबी शुभ रङ्ग हो ।

शुभ अङ्क
१, ५, ६ र ९ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
ग्रह पीडाबाट बच्न राहु र बृहस्पतिको शान्ति गर्दा राम्रो हुनेछ । भगवान श्रीकृष्ण र लक्ष्मीजीको दर्शन, पूजा, आरधना, पाठ गर्नाले राम्रो हुनेछ । सत् मार्गमा हिड्ने र सत्य बोल्नेलाई भगवानको आशीर्वाद प्राप्त भई भाग्यमा वृद्धि हुनेछ ।

साभारः हाम्रो पात्रो