कन्या राशि (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि भएका व्यक्तिहरूका लागि यो वर्ष माध्यम फलदायी रहनेछ । देवगुरु बृहस्पति शुभ रहने हुनाले समस्याहरूको हाल हुन सक्नेछ । सामाजिक र राजनैतिक कार्यमा मन जानेछ । भौतिक सम्पत्तिमा बढोत्तरी हुनेछ र अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । राहु र केतु अशुभ फल दिन सक्छ भने शनिले गर्दा सन्तान सुख नमिल्ला । वर्षको अन्त्य तिर अधुरा कामहरू पूरा हुन सक्छ ।

व्यापार/व्यवसाय
यो वर्ष व्यापार तथा व्यवसायबाट अपेक्षित लाभ लिन सकिएला । घरजग्गाको कारोबारबाट फाइदा मिल्नेछ भने वर्षको उत्तरार्धमा कृषि, पशु र पर्यटकीय क्षेत्रको लगानी फलदायक हुनेछ । सेयरबजारमा लगानी गर्नेहरू भने सचेत रहनुपर्छ । वैशाख र भाद्र महिनामा धनमाल हराउन सक्छ सजग रहनु होला । आर्थिक दृष्टिकोणले असार, साउन, र फाल्गुन महिना शुभ रहनेछन् ।

प्रेम/सम्बन्ध
प्रेम सम्बन्धमा सफलता मिल्नेछ । प्रेम सम्बन्धलाई अगाडि बढाउनु राम्रै हुनेछ । साउन महिनामा नयाँ व्यक्तिसँग नयाँ सम्बन्धको सुरुवात हुन सक्छ । असार महिनामा प्रेमी र प्रेमिकाका घर परिवारबाट केही अप्ठ्यारा परिस्थितिहरू पनि सिर्जना हुनसक्छ । आफन्त, दाजुभाइ तथा घरपरिवारसँगको विवाद भने समाप्त हुनेछ ।

शिक्षा
वर्षको सुरुमा शिक्षाक्षेत्र त्यति राम्रो नरहला मङ्सिरबाट भने राम्रै रहन सक्छ । आई. टी. र वाणिज्य विषयका विद्यार्थीहरूलाई विशेष लाभ मिल्नेछ । व्यवस्थापन र भाषाका शिक्षार्थीहरूलाई भने यो वर्ष कमजोर सावित हुनसक्छ । शैक्षिक क्षेत्रबाट साउन र कार्तिक महिनामा अधिक सफलता मिल्नेछ ।

पेशा/रोजगार
यो वर्ष विशेष गरि वैदेशिक क्षेत्रका काम बन्ने र रोजगारीको राम्रो अवसर मिल्नेछ । निजी क्षेत्रका कर्मचारीको जागिरमा बढोत्तरी तथा पदोन्नति हुने योग छ । पत्रकारिता, चालक र पहिरन पेशामा आवद्ध व्यक्तिहरूलाई अधिक सफलता मिल्नेछ । संयुक्तरुपमा गरिएको लगानी फलदायी नहुन सक्छ ।

स्वास्थ्य
यो वर्ष राहु र केतुको कारणले स्वास्थ्यमा समस्या बढ्न सक्नेछ । यात्रा गर्दा वा गाडी चलाउँदा चोटपटकको भय छ र खानपिनमा पनि विचार पुर्याउनु आवश्यक छ । शरीरले दु:ख पाउने र घर परिवारको स्वास्थ्यमा थप खर्च बढ्नेछ । त्यसैले स्वास्थ्य प्रति सचेत रहनु होला ।

शुभ रङ्ग
निलो, रातो, खरानी, र हरियो शुभ रङ्ग हो ।

शुभ अङ्क
१, ३, ६ र ९ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
राहु र केतुको नकारात्मक प्रभावबाट बच्न भैरवजीको दर्शन, पूजा र उपासना गर्नाले ग्रह पीडा कम हुने र भाग्यमा वृद्धि हुनेछ । पद र प्रतिष्ठा प्राप्तिका लागि दैनिक रोगीलाई सेवा गर्नाले राम्रो हुनेछ । जन्म दिनमा वृक्षारोपण गर्नाले पनि ग्रह वाधा कम हुनेछ । प्रत्येक दिन गुरु तथा माता पिताको आशीर्वाद लिई सत्य बोल्दिनाले पनि चाँडै सफलता पाइनेछ ।

साभारः हाम्रो पात्रो