वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशिका जातकका लागि समग्रमा २०७९ साल शुभ फलदायी रहनेछ । बृहस्पति र राहुको प्रभावले वर्षभरी नै राम्रो फल दिने र भाग्यमा वृद्धि हुनेछ । आँटेको र गरेको कार्यबाट सफलता मिल्नेछ । नसोचेको ठाउँबाट चमत्कारी लाभ पनि मिल्नेछ । माघ २७ गते सम्म जन्म कुण्डलीमा शनि कमजोर हुनेलाई भने शनि अढैयाको प्रभावले आरोपप्रत्यारोप, धन हानी, कार्यमा ढिलासुस्ती, आर्थिक नोक्सानी जस्ता फल भोग्नु पर्ला ।

व्यापार/व्यवसाय
वैदेशिक लगानी र वित्तीय संस्थामा गरेको लगानीबाट निकै सफलता मिल्नेछ । स्वास्थ्य व्यवसाय, घर जग्गामा गरेको लगानीबाट पनि राम्रो प्रतिफल पाइनेछ, तर सेयरबजार र धातु जन्य सामानको व्यवसायबाट नोक्सानी हुन सक्छ । असोज र पुष महिनामा धन हानी हुनेछ भने वैशाख र माघ महिनामा अधिक लाभ मिल्नेछ ।

प्रेम/सम्बन्ध
यो वर्ष प्रेम प्रसंगका लागि सामान्य रहेको छ अतः प्रेममा सफलता प्राप्त गर्न धैर्य र सत्यताको आवश्यक पर्दछ । कसै कसैको जन्मकुण्डलीमा गण गुण राम्रो हुन गाएमा प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सकिन्छ ।

शिक्षा
स्वदेश तथा विदेश पढ्न गएका विद्यार्थीहरूलाई शैक्षिक क्षेत्रबाट मिहिनेत अनुसार सफलता मिल्नेछ । विज्ञान र गणित विषयका विद्यार्थीहरूलाई विशेष सफलता मिल्नेछ, तर वैशाख र जेठ महिनामा विद्यामा ह्रास आउनसक्छ ।

पेशा/रोजगार
नयाँ जागिरको अवसर मिल्नेछ र वैदेशिक रोजगारको सम्भावना पनि रहेको छ । पर्यटन र प्राविधिक क्षेत्रका पेशाकर्मीहरूले राम्रो सफलता हात पर्नेछ । राजनैतिक र सामाजिक क्षेत्रबाट पनि ख्याति कमाउन सकिनेछ ।

स्वास्थ्य
रक्तसञ्चारमा र वायु विकारले समस्यामा पार्न सक्छ । टाउको तथा आँखाको समस्या पनि बढ्नसक्छ । परिवारको स्वास्थ्यमा धन खर्च बढ्नसक्छ, उचित परामर्श र स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ ।
शुभ रङ्ग
सुन्तला रङ्ग, रातो, खैरो, सेतो र पर्पल शुभ रङ्ग हो ।

शुभ अङ्क
१, २, ३, ७ र ८ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
प्रत्येक मंगलबार गणेशजीको दर्शन पूजा, आराधना एवं पूजा गर्नाले ग्रह पीडा कम भई शुभ फल मिल्नेछ । विपन्न वर्गाका विद्यार्थीहरूलाई सहयोग गर्ने, खानेकुरा दिने र मान्यजनको आशीर्वाद लिनाले राम्रो हुनेछ । कुनै शुभ कर्म गर्नपूर्व या यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको दर्शन / पूजापछि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

साभारः हाम्रो पात्रो