काठमाडौँ । सुनले नयाँ–नयाँ रेकर्ड बनाउँदै गएको छ । मंगलबारको नयाँ रेकर्ड तोड्दै सुन आजसम्मकै उच्च मूल्यमा पुगेको हो ।

बुधबार सुन तोलामा ५०० रुपियाँले बढेको छ । आज छापावाला सुनको मूल्य एक लाख २३ हजार ५०० रुपियाँ र तेजाबी सुनको मूल्य एक लाख २२ हजार ९०० रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदी भने तोलामा पाँच रुपियाँले घटी प्रतितोला एक हजार ४४० रुपियाँमा कारोबार भइरहेको छ ।