हेटौंडा । गणपति बचत तथा ऋण सहकारी संस्था लिमिटेड मकवानपुरको १० औं वार्षिक साधारण सभा भैसेमा भएको छ ।

साधारणसभाको उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर मतले सकारीले गर्दा आर्थिक क्षेत्रमा निकै परिवर्तन आएको बताए । सहकारीले पैसा बचत गर्ने र ऋण परिचालन गर्ने मात्र भन्दा पनि रोजगारी सृजनागर्नका लागि काम गरिनुपर्ने बताए ।

कार्यक्रममा बागमती प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाई, हेटौंडा–६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाई लगायतकाको आतिथ्यता रहेको थियो ।