काठमाडौँ । शेयर बजार ओरालो लाग्ने क्रममै रहेको छ । साताको पहिलो दिन आज पनि बजार १४.६७ अंकले घटेको हो । ०.५६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६१६.६७ अंकमा ओर्लिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज २२४ कम्पनीका ४२ लाख ८७ हजार ५ सय ६९ कित्ता शेयर किनबेच हुदा २ अर्ब २५ करोड ४६ लाख २६ हजार १ सय ९१ रुपियाँ बराबरको कारोबार भएको हो । बजार ओरालो लागेको दिन आज लगानी समूह १.४४ अंकले बढे पनि बाँकी समूह भने राताम्मे भएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह १९९७.०९ प्रतिशतले घटेको हो ।

बजार घटे पनि २ कम्पनीको शेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपाल लिमिटेडको शेयर मूल्य क्रमशः १० र ९.९९ प्रतिशतले बढेको हो । त्यस्तै आज मैलुङ खोला जलविद्युत कम्पनीका शेयरधनीहरुले सबैभन्दा बढी ३.७६ प्रतिशतले घाटा व्यहोरेका छन् । नेप्सेका अनुसार आज नेपाल लाइफको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १६ करोड २९ लाख ४९ हजार ६ सय ३०.३० रुपियाँ बराबरको शेयर किनबेच भएको हो ।