काठमाडौँ । शेयर बजार निरन्तर ओरालो लागिरहँदा लगानीकर्ताहरु निराश भइरहेका छन् ।

यसैक्रममा साताको दोस्रो दिन आज पनि बजार उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४१.७७ अंकले घटेको हो । १.७५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २३४३.८७ अंकमा झरेको छ ।
आज २२९ कम्पनीका ३८ लाख ७६ हजार ३ सय २ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५३ करोड ६ लाख ९२ हजार ९ सय ५६ रुपियाँको मात्रै कारोबार भएको छ ।

बजार उच्च अंकले घटेको दिन सबै समूह राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह ३४२.३७ अंकले घटेको हो । बजार ओरोलो झरिरहे पनि नेष्डो समृद्ध लघुवित्तको शेयर मूल्य भने लगातार उकालो लागिरहेको छ । आज पनि उक्त कम्पनीको शेयर १० प्रतिशतले बढेर प्रति शेयर मूल्य २ हजार ७ सय ३७.७० रुपियाँ कायम भएको छ । त्यसैगरी आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले ८.३३ प्रतिशतले घाटा व्यहोरेका छन् ।

नेप्सेका अनुसार आज नबिल बैंकको उच्च कारोबार भएको छ । उक्त बैंकको ४ करोड ९६ लाख २६ हजार ५ सय ५५.३० रुपियाँ बराबरको शेयर किनबेच भएको हो । साताको पहिलो दिन हिजो आइतबार बजार २९.६० अंकले घट्दा १ अर्ब ४४ करोड ७ लाख २३ हजार १ सय ८२ रुपियाँ बराबरको कारोबार भएको थियो ।

कूल २२९ वटा कम्पनीको ३८ लाख ७६ हजार ३ सय २ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ५३ करोड ६ लाख ९२ हजार ९ सय ५६ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।