हेटौंडा । निरन्तर चार दिन देखि बढिरहेको नेपालको सेयर बजारमा आज (बुधबार) भने गिरावट आएको छ । गत बुधबारदेखि लगातार बढिरहेको सेयर बजारले आज भने ओरालो यात्रा तय गरेको हो ।

शेयर बजारमा करेक्सन अन्य कुनै पनि कारणले नभइ लगानीकताहरुले नाफा बुक गरेकै कारण आएको शेयर बजारका लगानीकर्ताहरुको भनाई छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३०.७७ अंकले घटेर २६४९.१८ विन्दुमा पुगेको छ । नेप्से १.१५ प्रतिशतले घटेको हो । सेन्सेटिभ परिसूचक पनि ६.७१ अंकले घटेर ४९७.०१ विन्दुमा पुगेको छ ।

कूल २३६ वटा कम्पनीको ९५ लाख ५९ हजार ४ सय २९ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५ सय ८२ रूपैयाँ ७१ पैसा बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको बढी कमाउने र बढी गुमाउने कम्पनीहरु हेर्नुहोस् ।

अनिरुद्रखबर संवाददाता
थप जानकारी