हेटौंडा । मकवानपुर जिल्ला सहकारी संघ लिमिटेड हेटौंडाको आयोजनामा सहकारी संघ/संस्थाहरुसंग जिल्ला सहकारी संघको व्यवसायिक क्षमता बिकास सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार मकवानपुर जिल्ला सहकारी संघ लि. का कोषाध्यक्ष तथा सहकारी बजार सञ्चालन तथा ब्यवस्थापन उपसमितिका संयोजक बिमल कुमार ढकालको अध्यक्षता एवम् राष्ट्रिय सहकारी महासंघका सञ्चालक, केन्द्रीय दुग्ध सहकारी संघ लि.का अध्यक्ष, बागमती प्रदेश सहकारी बिकास बोर्डका उपाध्यक्ष, मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखाको सभाहलमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा जिल्ला सहकारी संघले विषयगत जिल्ला संघ र सदस्य सहकारी संस्थासंगको सहकार्यमा सहकारी संघ संस्थाले उत्पादन र बजारीकरण गरेको बस्तुहरुलाई सरल सहज तरिकाले बजारीकरण गर्ने लक्ष्य रहेको मकवानपुर जिल्ला सहकारी संघका ब्यवस्थापक गोबिन्द दाहालले बताए ।

अन्तरक्रिया कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका सचिब बिरेन्द्र ढुंगाना, बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरी न्यौपाने, कृषि सहकारी संघ मकवानपुरका उपाध्यक्ष रेखा खतिवडा, राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखा प्रमुख रामेश्वर अर्याल लगायत बिभिन्न सहकारीका अध्यक्ष तथा ब्यवस्थापकहरुको उपस्थिति रहेको थियो ।

राज कुमार के.सी.
थप जानकारी