काठमाडौँ । शेयर बजार आज पुनः ओरालो झरेको छ । साताको पहिलो दिन हिजो बजारमा झिनो सुधार देखिएको भए पनि आज पुनः ४.२९ अंकले घटेको हो । ०.२२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९७३.०१ अंकमा झरेको छ ।

नेप्सेका अनुसार आज २२४ कम्पनीका २४ लाख ४४ हजार ३ सय ४४ कित्ता शेयर किनबेच हुँदा ९० करोड ९९ लाख ४ हजार ७ सय ५१ रुपियाँ बराबरको कारोबार भएको हो ।

समग्रमा बजार घटेको दिन उत्पादनमूलक समूह १.८७ र लघुवित्त समूह २.५ अंकले बढेका छन् । बाँकी समूह राताम्मे भए । सबैभन्दा बढी अन्य समूह १५.२१ अंकले घटेको हो ।

आज मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ७.४३ प्रतिशतले कमाउँदा रु रु जनविद्युतका लगानीकर्ताले सबैभन्दा बढी ६.५५ प्रतिशतले गुमाएका छन् ।

नेप्सेका अनुसार आज रिडी पावर कम्पनीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ९ करोड ९६ लाख ९४ हजार ७ सय २१.६० रुपियाँ बराबरको शेयर किनबेच भएको हो ।

साताको पहिलो दिन आइतबार शेयर बजार ६.६८ अंकले बढ्दा  १ अर्ब ७ करोड १६ लाख १५ हजार ९ सय २२ रुपियाँ बराबरको कारोबार भएको थियो ।