हेटौंडा । हेटौंडा –२ मा रहेको पञ्चरत्न बचत तथा ऋण सहकारी संंस्थाको छैठौ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

साधारणसभाको उदघाट्न गर्दै हेटौडा उपमहानगरपालिकाकी मेयर मीना लामाले सहकारीले बचत तथा ऋणको मात्रै काम नगरि उत्पादनमुखी क्षेत्रमा पनि काम गर्नु पर्ने बताईन । सहकारीले निती, विधि र प्रविधिको प्रयोग गरि कार्य गर्नु पर्ने बताउदै मेयर लामाले सहकारी सिद्धान्त अनुसार चल्न नसक्दा सहकारी संंस्थाहरु बदनाम हुदै गएको बताईन ।

सहकारीले महिला शसक्तीकरणको क्षेत्रमा उल्लेख्य काम गरेकोमा खुशी लागेको भन्दै मेयर लामाले राम्रो काम गर्ने सहकारीलाई उपमहानगरपालिकाले सहयोग गर्ने बतार्ईन । साधारणसभामा संस्थाका अध्यक्ष भोजमान श्रेष्ठले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष मणीप्रसाद सुवेदीले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक विष्णुप्रसाद अधिकारीले लेखा समितिको प्रतिवेदन र ऋण उपसमितिका संयोजक साधुराम चौलागाईले ऋण समितिको प्रतिवेदन पेश गरेका थिए ।

साधारणसभामा ज्येष्ठ शेयर सदस्य नन्दरत्न स्थापित, एसईइमा उत्कृष्ट अंक हासिल गर्ने युजेन श्रेष्ठ, असली बचतकर्ता सत्य नारायण सिलावाल, शर्मिला श्रेष्ठ दोङ, असली कारोवारीमा धनमाया गोले र लेख बहादुर घर्तीलाई पुरस्कृत गरिएको थियो ।

संस्थाका अध्यक्ष भोजमान श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न भएको भेलामा हेटौडा–२ का वडा अध्यक्ष विष्णुगोपाल महर्जन, राष्ट्रिय सहकारी बैंक हेटौडाकी अधिकृत बिनिता बिष्ट, जिल्ला बचत तथा ऋण सहकारी संघका सञ्चालक सदस्य हिमाल पौडेल, नेप्स्कुन जिल्ला सदस्य राजु गौतम, विलक्षण सहकारीका उपाध्यक्ष अनिल अग्रवाल, सहकारीका उपाध्यक्ष महेश्वरमान श्रेष्ठ लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

भीमसेन पौडेल
थप जानकारी