काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता साओमीले २०० मेगापिक्सेल क्यामेरा भएको आफ्नो पहिलो स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले बिहीबार एक कार्यक्रम आयोजना गर्दै भर्चुअल रूपमा उक्त फोन प्रदर्शन गरेको हो । साओमीले रेड्मी नोट १२ सिरिज अन्तर्गत रेड्मी नोट १२, रेड्मी नोट १२ प्रो, रेड्मी नोट १२ प्रो प्लस र रेड्मी नोट १२ एक्सप्लोरर बजारमा ल्याउने भएको छ ।

कम्पनीले सार्वजनिक गरेको साओमी नोट १२ प्रो प्लस नोट १२ एक्स्प्लोरर जस्तै रहेको छ । तर, रेड्मी नोट १२ एक्स्प्लोररभन्दा केही कम रहेको छ । रेड्मी नोट १२ प्रो प्लसमा १२० हर्ज रिफ्रेस रेट भएको ६.६७ इन्च ओएलईडी डिस्प्ले रहेको छ । मिडियाटेक डाइमेन्सिटी १०८० चिपसेद्वारा सञ्चालित यो फोन एन्ड्रोइड भर्सन १२ र मीयूआई १३ मा आधारित छ ।

नोट १२ प्रो प्लसमा २०० मेगापिक्सेलको मुख्य क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा र २ मेगापिक्सेलको म्याक्रो क्यामेरा सेन्सर छ । सेल्फी पारखीका लागि भने यस फोनमा १६ मेगापिक्सेलको सिङ्गल क्यामेरा समावेश छ ।

फिङ्गरप्रिन्ट सेन्सर, एक्सिलेरोमिटर, जाइरो, प्रोक्सिमिटी र कम्पास सेन्सर रहेको यो फोन ८ जीबी र १२ जीबी र्‍याम भेरियन्ट र २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध छ  ।

५००० एमएएच ब्याट्री क्षमता भएको यस फोनमा कम्पनीले १२० वाट फास्ट चार्जिङ उपलब्ध गराउने भएको छ, जसलाई फुल चार्ज गर्न १९ मिनेटको समय लाग्ने कम्पनीको दावी छ । हाल यसकाे मूल्य करिब ३०० युरो (करिब ४० हजार रुपैयाँ) रहेको छ ।

त्यस्तै कम्पनीले सार्वजनिक गरेको रेड्मी नोट १२ प्रोमा १२ हर्ज रिफ्रेश रेट भएको ६.६७ इन्च ओएलईडी डिस्प्ले रहेको छ । मिडियाटेक डाइमेन्सिटी १०८० चिपसेद्वारा सञ्चालित यो फोन एन्ड्रोइड भर्सन १२ र मीयूआई १३ मा आधारित रहेको छ ।

साओमी नोट १२ प्रोमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा र २ मेगापिक्सेलको म्याक्रो क्यामेरा सेन्सर रहेको छ । सेल्फी पारखीका लागि भने यस फोनमा १६ मेगापिक्सेलको सिङ्गल क्यामेरा समावेश छ ।

फिङ्गरप्रिन्ट सेन्सर, एक्सिलेरोमिटर, जाइरो, प्रोक्सिमिटी र कम्पास सेन्सर रहेको यो फोन ६ जिबी र्‍याम १२८ जीबी इन्टर्नल स्टोरेज, ८ जीबी र्‍याम १२८ जीबी इन्टर्नल स्टोरेज, ८ जीबी र्‍याम २५६ जीबी इन्टर्नल स्टोरेज र १२ जीबी र्‍याम र २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध छ  ।

५००० एमएएच ब्याट्री क्षमता भएको यस फोनमा कम्पनीले ६७ वाट फास्ट चार्जिङ उपलब्ध गराउने भएको छ, जसलाई १५ मिनेटमा ५० प्रतिशत चार्ज र फुल चार्ज गर्न ४६ मिनेटको समय लाग्ने कम्पनीको दाबी छ । हाल यसमाे मूल्य करिब २४० युरो (करिब ३१ हजार ७१५ रुपैयाँ) रहेको छ ।

यसैगरी कम्पनीले सार्वजनिक गरेको अर्को मोडेल हो, रेड्मी नोट १२ । रेड्मी नोट १२ मा १२० हर्ज रिफ्रेश रेट भएको ६.६७ इन्च सामसङ एमओएलडी डिस्प्ले रहेको छ । क्वाल्कम एसएम ४३७५ स्न्यापड्रागन ४ जेन १ चिपसेद्वारा सञ्चालित यो फोन एन्ड्रोइड भर्सन १२ र मीयूआई १३ मा आधारित रहेको छ ।

नोट १२ मा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा र २ मेगापिक्सेलको म्याक्रो क्यामेरा सेन्सर रहेको छ । सेल्फी पारखीका लागि भने यस फोनमा ८ मेगापिक्सेलको सिङ्गल क्यामेरा समावेश छ ।

फिङ्गरप्रिन्ट सेन्सर, एक्सिलेरोमिटर, जाइरो, प्रोक्सिमिटी र कम्पास सेन्सर रहेको यो फोन ४ जीबी, ६ जीबी र ८ जीबी र्‍याम भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ । त्यस्तै यी विविध र्‍याम भेरियन्टसँगै १२८ जीबी र २५६ जीबी इन्टर्नल स्टोरेज भेरयन्टमा उपलब्ध हुनेछ ।

५००० एमएएच ब्याट्री क्षमता भएको यस फोनमा कम्पनीले ३३ वाट फास्ट चार्जिङ उपलब्ध गराउने भएको छ । हाल करिब १७० युरो (करिब २२ हजार ४६० रुपैयाँ) रहेको छ ।

यी फोन नोभेम्बर ३ मा विश्व बजारमा उपलब्ध हुने भएको छ । रेड्मी फोन मिडरेन्ज फोन भएकाले एसियाली क्षेत्रमा यसको राम्रो बजार रहेको छ ।

टेकपानाबाट साभार