हेटौंडा । मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक मकवानपुरको आयोजनामा दुइदिने बकैया कला–साहित्य महोत्सव–२०७८ आज सुरु भएको छ । बकैया गाउँपालिकाको आर्थिक सहयोगमा बकैया—३, हात्तिसुँडेमा यो महोत्सव भइरहेको छ ।

२०५० सालमा स्थापित झरना साहित्यिक परिवारले हरेक वर्ष वार्षिकोत्सवका अवसरमा बृहत् साहित्य गोष्ठी आयोजना गर्दै आएकोमा पछिल्ला दुई वर्ष ९२०७६० देखि बकैया साहित्य महोत्सव आयोजना गर्दै आइरहेको छ । यसै वर्षबाट स्थानीय कला संस्कृतिको समेत जगेर्ना गर्ने उद्देश्यले बकैया कला–साहित्य महोत्सव गरिन लागिएको झरनाका उपाध्यक्ष चिरञ्जीवी लामिछानेले बताए ।

दुई दिवसीय महोत्सवका क्रममा कविता, गजल, मुक्तक विशेष कार्यक्रमहरूका साथै स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले खैँजडी भजन, तामाङ, माझी, राईलगायतका जनजातिका कला संस्कृतिको प्रस्तुतिका साथै छिमेकी जिल्लाका कलाकारको विशेष प्रस्तुति हुनेछन् । साथै स्थानीय कलाकारका विविध कलाको प्रदर्शनीका साथै पुस्तक प्रदर्शनी गरिने साथै बहसमूलक कार्यक्रम समेत कार्यक्रमका आकर्षण रहेका छन् ।

यस महोत्सवको पहिलो दिन आज देशभरबाट करिब ५० जना साहित्यकार, गायक र बकैया गाउँपालिकाका राजनीतिक सामाजिक अगुवासहित करिब ५०० जनाको उपस्थिति रहेको थियो ।

महोत्सवका क्रममा नगद रु। २१,१२१ र सम्मानपत्रसहित होमनाथ टीकामाया प्रतिभा सम्मान–२०७८ बाट अग्रज साहित्यकार एवम् प्राज्ञ डा। देवी नेपाल ९भक्तपुर०, नगद रु। १५,५५५ र सम्मानपत्रसहित शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान–२०७८ बाट अग्रज मुक्तककार वियोगी बुढाथोकी (काठमाडौँ), नगद रु १५,५५५ र सम्मानपत्रसहित बाबुलाल–भोजमाया स्मृति प्रतिभा सम्मान–२०७८ बाट अग्रज साहित्यकार आर. सी. रिजाल (मकवानपुर), नगद रु ७,७७७ र सम्मानपत्रसहित खडानन्द–मनमाया स्मृति युवा प्रतिभा सम्मान–२०७८ बाट युवा कवि यात्रीप्रकाश पाण्डे (धादिङ), नगद रु ७,७७७ र सम्मानपत्रसहित सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान–२०७८ बाट युवाकवि शान्ति प्रियवन्दना (मकवानपुर), नगद रु ७,७७७ र सम्मानपत्रसहित सञ्जीवनी बुटी साहित्य सेवा सम्मान–२०७८ बाट समाजसेवी बेलप्रसाद दहाल, बकैया–४, नगद रु ७,७७७ , सम्मानपत्रसहित खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान–२०७८ बाट कलाकार बाबुलाल वाइबा (मकवानपुर), नगद रु ७,७७७, सम्मानपत्रसहित झरना–बकैया पत्रकारिता सम्मान–२०७८ बाट पत्रकार गोकर्ण गौतम (मरणोपरान्त) बकैया–४ र नगद रु ५,००५ र सम्मानपत्रसहित झरना–बकैया नवप्रतिभा सम्मान–२०७८ बाट उदीयमान गजलकार विजय दोङ बकैया–५ सम्मानित भएका छन ।

यसैगरी झरना बकैया उत्कृष्ट बालसाहित्य समिति सम्मान (सम्मानपत्र र १० यान पुस्तकसहित) बाट महेन्द्र बालसाहित्य समिति, श्री महेन्द्र मावि, बकैया ४ सम्मानित भएको छ भने झरना(बकैया सिर्जनशील शिक्षक सम्मानबाट बुद्ध मावि, हात्तीसुँडेका शिक्षक हरिप्रसाद घिमिरे सम्मानित भएका छन ।

कार्यक्रममा आज भएका प्रस्तुतिहरूमा विद्यालय सिर्जनात्मक सिप विकासको केन्द्र विषयक बहस, सिर्जनामा स्थानीय रङ विषयक बहस, विश्वनाथ सञ्जेल द्वारा रचित गजल संग्रह फर्कियौ किनारबाट विमोचन, स्थानीय बालबालिकाको रचना वाचन तथा साङ्गितिक प्रस्तुतिहरू तथा स्थानीय सांस्कृतिक गायन तथा नृत्यहरू प्रस्तुत भएका थिए ।

शुभलक्ष्मी प्रभा
थप जानकारी