हेटौंडा । देशको ७७ वटै जिल्लाको ७५३ वटा स्थानीय तहमा कृषि गणनाको तथ्याङ्क संकलन हुने भएको छ ।

आउँदो बैशाख ६ गतेबाट जेठ १९ गतेसम्म देशभर वैज्ञानिक विधिले छनोट गरिएको वडामा कृषक परिवारसंग व्यक्तिगत अन्तर्वाताबाट कृषिसम्बन्धी विस्तृत विवरण संकलन गरिने भएको हो । राष्ट्रिय कृषिगणना–२०७८ का लागी बागमती प्रदेशले प्रदेश कृषिगणना कार्यालयको स्थापना गरेको छ । चैत १५ गतेबाट २१ गतेसम्म प्रशिक्षकको तालिम हुने छ ।

देशभर कृषिगणना अधिकृत ७७ जना,सुपरिवेक्षक १५ सय जना र गणक ६ हजार रहेकोमा मकवानपुरमा कृषिगणना अधिकृत १ जना,सुपरिवेक्षक १८ जना र गणक ७० जना रहेका छन । कृषि गणनाको लागि मकवानपुरको १ सय २ वडा मध्ये ९१ वटा वडा नमुना परेको र गणना क्षेत्र १ सय ८५ रहने छ ।