हेटौंडा । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री वसुन्धरा हुमागाईले मन्त्रालयमा किसान होइन, किसानका घर घरमै पुग्ने वातावरणको सिर्जना गर्ने भएका छन् ।

आज हेटौंडामा अनिरुद्र खबर संग कृषि र कृषकको बिषयमा बिशेष कुराकानी गर्दै मन्त्रालय खोज्दै आउनुपर्ने कृषकको बाध्यता अन्तय गर्दै कृषककै घर घरमा पुग्ने योजना रहेको बताए । उनले वास्तविक किसानलाई काम छाडेर मन्त्रालय आउने समय पनि नहुने र अनुदान तथा प्रोत्साहन पाउने बारे पनि अनभिज्ञ हुने बताए । किसानलाई अब अनुदान होइन, प्रोत्साहन गर्ने योजना रहेको उनले बताए ।

किसानलाई ऋण दिने, मल दिने, बिउ बिजन दिने, प्रबिधि दिने हो, अब किसानलाई अनुदान होईन, किसानलाई प्रोत्साहन गर्ने हो । उनले वास्तविक किसानको घरघरमा पुगेर समस्याको समाधान गरिने जिकिर गरे । किसानहरुको बर्गीकरण गरेर अबको दुई महिनाभित्र सबै किसानलाई किसान परिचयपत्र समेत बितरण गर्ने बताए ।

उनले वास्तविक किसानका नाउमा टाठाबाठाहरुले मन्त्रालयका कर्मचारी, प्राविधिक संग मिलेर अनुदान लाने र त्यसको दुरुपयोग गर्ने गरेकाले वास्तविक किसान सधैं ओझेलमा पर्ने गरेको प्रति चिन्ता व्यक्त गरे । उनले वास्तविक किसानले कृषि मन्त्रालयबाट पाउने अनुदान तथा प्रोत्साहन पाउनुपर्नेमा आफु सधैं सजग रहेको प्रतिक्रिया दिए ।

बागमती प्रदेशमा कृषिको विकास गर्नका लागि ५५ बुँदे मार्गचित्र बनाएर काम गरिरहेको उनले बताए । कृषि क्षेत्रलाई आधुनिकिरण र यान्त्रीकिरण गर्ने पहिलो मुद्दा भएको बताए । उनले कृषि क्षेत्रलाई व्यवस्थित गर्न नीति तथा कार्यक्रम बनाएर अगाडि बढेको बताए ।
प्रदेशमा बिउ बिजनको गुणस्तर मापन गर्ने गठन, रासायनिक मल सहज उपलब्ध नहुँदा किसान सधैं मर्कामा पर्ने गरेको जिकिर गर्दै उनले यसको विकल्पको लागि अध्ययन गरेको बताए । प्राङगारिक, जैविक र गड्यौली मलको प्रयोग गर्न पनि किसानलाई उनले आग्रह गरे । ६ महिला भित्र अध्ययन सम्पन्न गरेर दुईलाख मेक्ट्रिक टन क्षमताको रासायनिक मल उत्पादन गर्न कारखाना बनाउन काठमाडौं बिश्वबिद्यालय संग सम्झौंता गर्ने उनले बताए ।

बार्षिक रुपमा ७ अर्बको कृषि औंजार खरिद गर्नुपर्ने भएकाले करिव ४० करोड लागतमा कृषि औजार कारखाना निर्माण गर्ने उनले बताए । दुधमा आत्मनिर्भर हुनका लागि हेटौंडाको पाउडर प्लान्ट छिट्टै संचालनमा ल्याउने बताए । उनले काभ्रेमा पनि पाउडर प्लान्ट बनाउने बताए । किसानले उत्पादन गरेको चिज कहिल्यै फाल्न नपर्ने अवस्थाको सिर्जना गर्ने बताए ।