(तस्बिर: शम्भु अधिकारी/ थाहा)

हेटौंडा । थाहा नगरपालिका वडा स्तरीय फुटबल प्रतियोगिता बुधबारदेखि सुरु भएको छ ।

थाहा नगर खेलकुद विकास समितिको आयोजना तथा वडा नम्बर ९ खेलकुद विकास समितिको व्यवस्थापनमा थाहा नगरपालिका वडास्तरीय फुटबल प्रतियोगिता शुरु भएको हो ।

बुधबार वडा नम्बर ३ र ६ बिच भएको उद्घाटन खेलमा वडा नम्वर ३ विजयी भएको छ । वडा नम्वर ३ ले वडा नम्बर ६ लाई ४–१ गोल अन्तरले पराजित गर्दै वडा नम्वर ३ विजयी भएको हो ।

तेस्तै बुधबार नै भएको दोस्रो खेलमा वडा न १ ले वडा न २ लाई २–० गोल अन्तरले पराजित गर्न सफल भयो भने तेस्रो खेलमा वडा नम्वर १२ ले वडा नम्बर ९ लाई ट्राइबेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै वडा नम्वर १२ विजयी भएको हो ।

बागमती प्रदेश सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले प्रतियोगिताको उद्घाटन गरिन् । थाहा नगर खेलकुद विकास समितिका संयोजक टिकाराम स्याङ्तानको अध्यक्षतामा भएको कार्यक्रममा निर्माण व्यावसायी महासंघका पूर्व अध्यक्ष जयराम लामिछाने, थाहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण गिरी, वडा न ९ का अध्यक्ष राजकुमार बलामी, वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी, वडा न ७ का अध्यक्ष शिवराज थिङ, थाहा नगर खेलकुद विकास समिति सदस्य यादव जंग रायमाझी, सदस्य सचिब अनिल लामिछाने लगायतको आतिथ्यता रहेको थियो ।

प्रतियोगितामा थाहा नगरपालिकामा रहेको १२ वटै वडाले सहभागिता जनाएको थाहा नगर खेलकुद विकास समितिका सदस्य यादव जंग रायमाझीले बताए ।

माघ १३ गते सम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम टिमलाई नगद १ लाख र दोश्रो हुने टिमलाई नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने रायमाझीले जानकारी दिए । प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था भएको आयोजकले जनाएको ।

राज कुमार के.सी.
थप जानकारी