हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नंं.३ कटुसघारीस्थित स्काईभेटरमा आगलागी भएको छ । बुधबार अपह्रान्न सारम्स बालुबा उद्योग क्रसरको काम गर्ने क्रममा डि।एस।कन्ट्रक्सनको बा१ क ६६८७ नम्बरको स्काईभेटरमा आगलागी भएको हो ।

ग्रावेल पन्छाउने क्रममा एक्कासी स्काईभेटरको हाईड्रोलिक पम्पमा अचानक आगलागी भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । आगलागीबाट मानविय क्षति भने भएको छैन । आगो प्रहरी, स्थानिय र हेटौडाउपमहानगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

प्रहरीका अनुसार आगलागीबाट करिब ७० लाख बराबरको क्षति भएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।