हेटौंडा । मनहरी गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिताको सेमिफाइनल खेलबाट २ र ७ नं वडा विजयी हुँदै फाइनलमा प्रवेश भएका छन् । आज भएको दुइवटा सेमिफाइनल खेलमा यी दुई टिमले विजयी हासिल गरेका हुन् ।

पहिलो खेल २ नं वडा र ६ नं वडा बिचमा रहेको थियो । पहिलो खेलमा २ नं वडा र ६ नं वडाबीच १–१ गोलको बराबरीमा खेल सक्किएपछी खेल पेनाल्टी शुट आउटमा गएको थियो । २ नं वडाका पाँचै जना खेलाडिले गोल गर्न सफल हुँदा ६ नं वडाका दुई जना खेलाडीले भने गोल गर्न सकेनन् । सोही अनुरुप वडा नं २ विजयी भएको थियो । पहिलो खेलमा वडा नं २ का गोलकिपर अशोक मोक्तान म्यान अफ दि म्याच हुन सफल भए ।

यस्तै आजै भएको दोस्रो सेमिफाइनल खेल ७ नं वडा र ८ नं वडा बिचमा रहेको थियो । उक्त खेलमा ७ नं वडालाई १–० गोल अन्तरले पराजित गर्दै ७ नं वडा विजयी भएको हो । खेलको पहिलो हाफमै ७ नं वडाले गोल गर्न सफल भएको थियो । सोही गोलनै ७ नं वडाका लागि जित हाशिल गर्न निर्णायक गोल रह्यो । ७ नं वडाका लागि २३ औँ मिनेटमा उक्त गोल रवि लो ले गरेका थिए । यो सँगै दुबै टिम फाईनलमा प्रवेस गरेको छ । पुस ५ गते दिउसो १ बजे हुने फाइनल खेलमा वडा नं २ र वडा नं ७ प्रतिस्पर्धामा रहनेछन् ।

मंसिर ३० गते देखि मनहरी–७ रमौली स्थित क्षेत्रीय मदन भण्डारी रंगशालामा सुरु भएको चौथो अध्यक्ष कप फुटबल प्रतियोगिताको समापन पुस ५ गते हुनेछ । गाउँपालिकाको प्रायोजनमा भएको उक्त खेल खेलकुद विकास समितिले आयोजना गरेको हो । खेलमा प्रथम हुने टिमलाई नगद रु १ लाख र दोस्रो हुनेलाई नगद रु ५० हजार सहित दुबै टिमलाई शिल्ड , मेडल र प्रमाणपत्र सहित सम्मान गरिने छ । साथै विभिन्न विधाका खेलाडिहरु र राष्ट्रिय स्तरका खेलाडिहरुलाई नगद सहित सम्मान गरिने आयोजकले जनाएको छ ।