हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नंं.१० मन्थलीका ४७ बर्षीय राष्ट्रपति तिमल्सिना बेपत्ता भएका छन । बकैयाकै मन्थली अम्बास बेशीबाट हराएको उनकी छोरी जानुका तिमल्सिनाले जानकारी दिइन् । उनी फागुन ४ गतेदेखि सम्पर्क बिहिन भएको पारिवारीक स्रोतले जनाएको छ ।

ललितपुर बागमती गाउँपालिका नागटारस्थित आफन्तको बिवाहमा जान्छु भनी घरबाट निस्किएका तिमल्सिना १० दिनदेखि सम्पर्कमा नआएको उनकी छोरी जानुकाले बताइन् । दश दिनसम्म खोजी गरेको भए पनि कोही कसैको सम्पर्कमा नआएको उनले भनाइ छ ।

बेपत्ता भएका बुवाको खोजी गरिदिनका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवेदन दिएको बताउँदै उनले बेपत्ता भएदेखि मोबाइल सम्पर्क हुन नसकेको र मोवाइल स्वीचअफ आएको जानकारी दिइन । उनले आफ्नो बुवालाई देख्ने र भेटाउने जो, कोहीले नजिकको प्रहरी कार्यालयमा र आफन्तको फोन नम्बर ९७४९८८४०४० र ९८४१५७८०९६ मा सम्पर्क गरिदिनु आग्रह गरेकी छिन् ।