हेटौंडा । भारी वर्षाका कारण आइपर्ने विपदबाट सतर्क रहन मनहरी गाउँपालिकाले आग्रह गरेको छ । गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले एक सुचना जारी गर्दै सतर्क रहन आग्रह गरेका हुन ।
आइतबार विहानैदेखि परेको अविरल वर्षाका कारण मनहरी गाउँपालिकाका नदि तथा खहरे तटिय क्षेत्रमा बाढी पहिरोका कारण डुवानको समस्या आइपर्ने भएकाले सुरक्षित रहन आग्रह गरेका हुन । उनले कुनै जोखिम आइपरेमा आफ्नो सम्पर्क नं ९८५५०६७४१४ मा खबर गर्न पनि अनुरोध गरेका छन ।
यस्तै वडा नं ५ का वडाअध्यक्ष दीपेन्द्र अधिकारीले वडा विपद व्यवस्थापन समिति गठन गरी जोखिम न्युुनिकरणको प्रयास थालीएको जानकारी दिए । वडाको ६ स्थान (जनचेतना प्रा बि डिल्लिपुर, भोज सिद्ध माबि बसन्तपुर ,बसन्तपुर नयाँ स्वास्थ्य भवन, वडा कार्यालय भवन, मदन आश्रीत प्रा बि रुन्चेडाडा र दर्दरा दुग्देश्वोर मन्दिर सत्तल भवन) मा व्यस्थापनका लागि तयारी गरीएको उहाँको भनाई छ । जोखिमयुक्त क्षेत्रका मानीसहरुलाई व्यवस्थापन र तत्काल उद्दारका लागि टोल विकास संस्थासँग समन्वय गरीएको उनको भनाई छ ।
यता वडा नं २ र ३ का वडाअध्यक्षले पनि जोखिम बाट सतर्क रहन र आकस्मिक उद्दारका लागि आफुहरु तत्पर रहेको जानकारी दिए । २ नं वडाअध्यक्ष राजकुमार पाख्रीन र ३ नं वडाअध्यक्ष अनन्त प्रकाश अर्यालले सुचना जारी गर्दै खहरे आसपास क्षेत्रका मानिसहरुलाई सतर्क रहन आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्