हेटौंडा । मकवानपुरमा ६ दिनदेखि बेपत्ता एक युवक मृत अवस्थामा फेला परेका छन् । जिल्लाको राक्सिराङ गाउँपालिका वडा नं.३० बर्षीय टेक बहादुर प्रजा रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार प्रजा गत कार्तिक ७ गते मंगलबार घरबाट आफु खुशी निस्किएका थिए । उनी घर नजिकैको कागबेली सामुदायीक वनमा सालको रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

घास दाउरा काट्न गएका स्थानीयहरुले प्रजालाई सलको रुखमा झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । कानुनी प्रक्रिया पुरा गरी शव आफन्तलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।