हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका लोकबहादुर मोक्तान निर्वाचित भएका छन् । कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट निर्वाचित भएका मोक्तानले ४ हजार ८९७ मत ल्याएका छन् ।

उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार नरेन्द्रलाल रिजालले ४ हजार ९३ मत पाए ।
उपाध्यक्षमा गठबन्धनबाट नेकपा माओवादीका बालकुमार मल्ल ठकुरी ४ हजार ८८ मत सहित निर्वाचित भए । उनका प्रतिद्वन्दी सुकुमाया थिङले ३ हजार ९३७ मत ल्याइन् ।