हेटौंडा । पार्टी सुदृढ र विस्तार गरि सबैभन्दा बलियो र सशक्त संगठन बनाउने नेकपा एमाले, मकवानपुरले निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कमिटीले सञ्चालन गरेको २ महिने मिसन ग्रासरूट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान–२०७९) कार्यान्वयन गर्न बुधबार बसेको जिल्ला कमिटीको सातौँ पूर्ण बैठकले निर्णय गरेको हो । बैठकले पार्टी सदस्य नवीकरण तथा विस्तार, पार्टीको टोलसम्म, जनसंगठनहरूको वडा, प्रतिष्ठान र विध्यालयसम्म संगठन चुस्तदुरूस्त बनाउने, अवधि पुगेका र निष्कृय कमिटीहरूको अधिवेशन गर्ने, जनप्रतिधिहरूलाई जनताको काम र दिगो विकास अभियानको लागि प्रभावकारी रूपमा परिचालन गर्ने, सामुदायिक र सामाजिक संघसंस्थाहरूलाई व्यापक जनताको पक्ष र सामाजिक रूपान्तरणको लागि परिचालन गर्ने निर्णय गरेको नेकपा एमाले जिल्ला कमिटीका सचिव नवीन सिग्देलले बताए ।
बैठकले फागुन १५ गतेभित्र पालिका र विशेष ईलाका कमिटीको बैठक, फागुन २० गतेभित्र सबै जनसंगठनको बैठक तय गर्दै चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा अनेरास्ववियुलाई विजयी गराउन जिल्ला कमिटीका उपसचिव तथा जनसंगठन संयन्त्र प्रमुख हिदम लामाको संयोजकत्वमा स्ववियु निर्वाचन परिचालन संयोजन समिति समेत जिल्लास्तरमा गठन गरेको सचिव सिग्देलले जानकारी दिए ।
बैठकका प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटीका सदस्य तथा बाग्मती ईन्चार्ज काशिनाथ अधिकारीले जनताको समस्या समाधानको नेता पार्टी बनाउन पार्टीका नीति, विचार र मुद्वालाई बोक्ने जनतामा पुर्याउने सशक्त पार्टी संगठन निर्माण गर्ने मिसन ग्रासरूटको उदेश्य रहेको बताए । उनले पार्टीभित्र देखापर्ने गलत, वेथिति, अवसरवाद र अराजकताको अन्त्य गर्दै विचारले स्पष्ट र निर्णय कार्यान्वयन समयमै गर्नसक्ने पार्टी पंक्ति तयार गर्नु अभियानको मूख्य उदेश्य रहेको बताए । बैठकमा स्थायी कमिटीका सदस्य अधिकारीले राजनीतिक क्रान्ति पूरा भएपनि सामाजिक, आर्थिक र साँस्कृतिक क्षेत्रमा रूपान्तरण आवश्यक रहेकोले आज पनि राजनीतिमा त्याग, निष्ठा र समर्पणलाई अनुशरण गर्दै पार्टी र जनताको काममा जुट्न बैठकमा निर्देशन दिए ।
पार्टी जिल्ला अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा मकवानपुर जिल्लाका मिसन ग्रासरूट अभियानका केन्द्रीय प्रतिनिधिहरू केन्द्रीय पोलिटव्यूरो सदस्य देवि ज्ञवाली, केन्द्रीय सदस्यहरू खेम लोहोनी, वालिका गिरी, कमलजंग राई, केन्द्रीय सदस्यहरू जुनेली श्रेष्ठ, भारती पाठक, प्रदेश कमिटी उपसचिव तथा प्रतिनिधिसभा संसद महेश बर्ताैला, राष्ट्रिय सभा संसद रामचन्द्र राईलगायतको उपस्थिति रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्