हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको अधिवेशन अन्तर्गत सभापति सहित जिल्ला कार्य समितिको लागि मनोनयन दर्ता भोलि आइतवार फागुन १५ गते र मतदान १६ गते सोमबार बिहानबाट हुने भएको छ ।

नेपाली कांग्रेस मकवानपुरका अनुसार १४ औं जिल्ला अधिबेशन अन्तर्गत फागुन १५ गते विहान ९ बजेदेखि १ बजेसम्म मनोनयन दर्ता, १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन बेलुका ६ः३० र मतदान फागुन १६ गते विहान ८ बजे हुने जिल्ला निर्वाचन अधिकृत गोपी शर्मा सुवेदीले जानकारी दिए ।

निर्वाचन प्रकृया हेटौंडा–१ चौकीटोलामा हुने जनाइएको छ ।