हेटौंडा । एमसीसीको विरोधमा ६ साना कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले संयुक्तरुपमा भोलि फागुन १६ गते नेपाल बन्दको घोषणा गरेका छन् ।

आज नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय बसेको ती दलहरुको वैठकले सो निर्णय गरेको हो । उनिहरुले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राष्ट्रहितमा नरहेको भन्दै विभिन्न विरोध प्रदर्शन गर्दै आईरहेका छन् ।