हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको १४ औं जिल्ला अधिवेशनबाट जिल्ला कार्यसमिति सदस्यमा ८ जना निर्विरोध निर्वाचित भएका छन् ।

चुनावी प्रकृया अन्तर्गत आइतबार भएको मनोनयन दर्तापछि जिल्ला कार्यसमिति सदस्यमा ८ जना निर्विरोध निर्वाचित भएको कांग्रेस जिल्ला निर्वाचन समितिले जानकारी दिएको छ ।

निर्विरोध निर्वाचित हुनेमा दलित तर्फ डम्बर बहादुर विक, थाहा नगरपालिका महिला तर्फ सुनमाया भोम्जन, मकवानपुरगढी गाउँपालिकाको महिलातर्फ भीमकुमारी न्यौपाने, ईन्द्रसरोवर गाउँपालिकाको महिला तर्फ निर्मला रुम्बा, र खुलातर्फ बिष्णुकुमार कार्की, राक्सिराङ गाउँपालिकाको महिलातर्फ बच्चीमाया नेगी र बागमती गाउँपालिकाको खुलातर्फ शेरबहादुर राना मगर ‘क्षितिज’ र बकैया गाउँपालिकाको खुल्ला तर्फ सेतेमान वल रहेका छन् ।

जिल्ला सभापति सहित बाँकी पदहरुका लागी भने आज सोभबार चुनाव हुँदै छ । आज सोमबार हुने चुनावमा एक सभापति पदका लागि ३ जना, २ जना उपसभापति पदका लागि ७ जना, २ जना सचिव पदका लागि ६ जना र २ जना सहसचिव पदका लागि ७ जनाको उम्मेदवारी परेको छ ।

प्रष्ट खबरबाट साभार