हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको १४ जिल्ला अबिधेशनको मतदान सकिएको छ ।

सोमबार साँझ ६ बजे नै मतदान प्रकृया सकिएको निर्वाचन अधिकृत गोपी प्रसाद सुबेदीले जानकारी दिए । सभापति सहित ४८ पदका लागि भएको निर्वाचनमा १७ सय ७५ मत खसेको थियो । कुल १८ सय ५१ मतदाता (बुथ प्रतिनिधि) रहेको मा ७६ जना मतदाता अनुपस्थित रहेका थिए ।

मतगणना कार्य नेपाली काग्रेस पार्टी कार्यालयमा आज रातीबाट नै सुरु गर्नेे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पार्टी सभापतिमा बुद्ध लामा, जयराम लामिछाने र आनन्द पराजुली प्रतिस्पर्धामा छन् ।

पहिलो चरणमा ५१ प्रतिशत नपुग्ने सम्भावन रहेको मतदाताहरुको आकलन छ । पहिलो चरणमा ५१ प्रतिशत मत नपुगे कांग्रेसको विधान अनुसार दोस्रो चरणमा निकटत्तम प्रतिद्वन्दीसंग प्रतिस्पर्धा हुने छ ।