हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको सोमवार सम्पन्न मतदान अन्तर्गत सभापतिको निर्वाचनमा तिन जना उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसक्दा निर्वाचन दोस्रो चरणमा धलेकिएको छ ।

१७७५ मत खसेकोमा सभापतिमा उम्मेदवार बुद्ध लामाले सबै भन्दा बढी ५९५ मत प्राप्त गतेपनि उक्त मत ५१ प्रतिशत नपुग्दा निर्वाचन दोस्रो चरणमा धकेलिएको हो ।

सभापतिका उम्मेदवार आनन्दराम पराजुलीले दोस्रो रहदै ५४५ मत प्राप्त गरेका छन् भने जयराम लामिछानेले ५३१ मत प्राप्त गरेका छन । अब पार्टी सभापतिको टुंंगो मंगलबार हुने दोस्रो चरणको मतदानले लगाउने पक्का देखिएको छ ।