हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा दोश्रो चरणको निर्वाचनअघि सर्वसम्मत निर्वाचित भएका छन् ।

पहिलो चरणको प्रतिस्पर्धामा प्रथम स्थान हाँसिल गरेका लामालाई दोश्रो चरणको निर्वाचनअघि दोश्रो स्थान हाँसिल गरेका आनन्दराम पराजुलीले समर्थन गरेपछि लामा १४ औँ जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेस मकवानपुरले २०४६ सालपछि पहिलो पटक तामाङ समुदायबाट नेतृत्व पाएको छ । करिब ३ दशकपछि कांग्रेस मकवानपुरले तामाङ समुदायबाट सभापति पाएको हो । यसअघि २०४६ साल अघि सूर्यबहादुर डिम्डुङले नेपाली कांग्रेसको नेतृत्व गरेका थिए ।