हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको सचिवमा भिमसेन महत र इश्वरकुमार पाठक विजयी भएका छन् । सोमबार सम्पन्न १४ औं जिल्ला अधिवेशनबाट सचिवमा महत र पाठक विजयी भएका हुन् ।

सविचमा निर्वाचित महतले ८ सय १३ र पाठकले ७ सय ३५ मत प्राप्त गरे । यस्तै सचिवका अन्य उम्मेदवारमा यतिराज सापकोटाले ५ सय ४८, अर्जुनप्रसाद चौलागाईले ३ सय ९७, प्रदिप कोइरालाले ३ सय ६८ र मानबहादुर पाटा मगरले २ सय ५० मत प्राप्त गरेका थिए ।

त्यस्तै उपसभापतिमा आनन्द कठायत र धर्म लामिछाने विजयी भएका छन् । कठायतले ६ सय ११ र लामिछानेले ६ सय ६ मत प्राप्त गरेका थिए । उपसभापतिका अन्य प्रत्यासीहरुमा रामबाबु बानियाँले ४ सय ८७, भिम लामाले ४ सय ६३ र रमेश गिरीले ३ सय ५३, गोपीलाल विश्वकर्मा ५ सय ४२ र चन्द्रबहादुर पौडेल ८२ मत प्राप्त गरेका थिए ।

त्यस्तै सहसचिवमा इन्दिरा न्यौपाने र ताराचन्द्र बजगाई निशान बिजयी भएका छन । न्यौपानेले ८ सय ५० र बजगाईले ५ सय ६२ मत प्राप्त गरेका थिए । सह सचिवका अन्य प्रत्यासीहरुमा मिरा स्याङतान ५ सय २०, रत्नबहादुर गोले ४ सय १४, अर्जुन प्रसाद तिवारी ३ सय ६२, कृष्णप्रसाद दाहाल २ सय ६९ र सुमन कार्कीले १ सय २६ मत प्राप्त गरेका थिए ।

सोमबार सम्पन्न निर्वाचनपछि दोस्रो चरणबाट सभापतिमा भने बुद्ध लामा सर्वसम्मत चयन भएका थिए । उम्मेदवार पदाधिकारीको मतगणना सकिएपछि जिल्ला सदस्यहरुको मतगणना सुरु हुने निर्वाचन समितिले जानकारी दिएको छ ।