हेटौंडा । कमल थापा नेतृत्वको राप्रपा नेपाल निकट ‘राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपाल’ को केन्द्रीय उपाध्यक्षमा मकवानपुरका अर्जुन ढुङ्गना चयन भएका छन ।

काठमाण्डौमा भएको भेलाले ढुङ्गानालाई उपाध्यक्षमा चयन गरेको हो । राप्रपाबाट अलग भएर राप्रपा नेपाल स्थापना गरेका थापा नेतृत्वको राप्रपा नेपालमा ढुङ्गाना सक्रिय भएर लागेका थिए ।

ढुङ्गाना यस अघि राप्रपाका युवक संगठनको नेताको रुपमा रहेका थिए । उनले अनिरुद्र खबर संग कुरा गर्दै युवाहरुको बृद्धि विकासमा संगठन लाग्ने बताए ।