हेटौंडा । नेकपा माओवादी केन्द्र मकवानपुरको इन्चार्जको जिम्मेवारी कुमारी मोक्तानलाई दिइएको छ ।

बुधबार बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकले मोक्तानलाई मकवानपुरको इञ्चार्जको जिम्मेवारी दिएको हो । केन्द्रीय कमिटीको बैठकले मकवानपुरसँगै बागमती प्रदेशका १३ वटै जिल्लामा इञ्चार्ज तोकेको छ । मोक्तान हाल बागमती प्रदेश सामाजिक विकास मन्त्री पनि हुन ।