हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको अवैतनिक विज्ञ सल्लाहकारमा हेटौंडाका व्यापारी अरुणराज सुमार्गी नियुक्त भएका छन् ।

उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति समेत रहेका सुमार्गीलाई मुख्यमन्त्री पाण्डेको अवैतनिक विज्ञ सल्लाहकारमा नियुक्त गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

प्रदेश सरकार मन्त्रीपरिषद्को निर्णय अनुसार सुमार्गीलाई बागमती प्रदेश सरकारबाट गरिने विभिन्न कार्य सम्पादनको सिलसिलामा व्यवस्थापनको क्षेत्रमा आवश्यक पर्ने सरसल्लाह र सुझाव प्राप्त गर्ने उदेश्यका साथ विज्ञ सल्लाहकारमा नियुक्ती गरिएको हो ।